उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सबै कर्महरू नियतमा (मनसाय) आधारित छन् र व्यक्ति...
सही
मुत्तफकुन अलैहि

नबी (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, सबै कार्यहरू नीयतमा निर्भर हुन्छन् । यो हुकुम सबै कर्म र मामिलाहरूको लागि लागु हुन्छ । जसले आफ्नो कर्मबाट के...
आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले हाम्रो यो धर्ममा कुनै नयाँ कुरा आविष्कार गर्छ, जुन ह...
सही
मुत्तफकुन अलैहि

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले धर्ममा कुनै नयाँ कुरा आविष्कार गर्छ वा कुरआन र हदीसबाट प्रमाणित नभएको कुरा गर्छ भने त्यसलाई उसै तर...
उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन् : "एक दिन हामी अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा बसिरहेका थियौं, अचानक एक जना मानि...
सही
मुस्लिमले वर्णन गरेका छन्

उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, जिब्रील (अलैहिस्सलाम) एक अपरिचित व्यक्तिको रूपमा सहाबा (पैगम्बरका साथी) हरू कहाँ आए । उनका केही...
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "इस्लाम पाँच कुराहरूमा आधारित छ: अल्लाह बाह...
सही
मुत्तफकुन अलैहि

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले इस्लाम धर्मलाई पाँच स्तम्भहरूमा खडा भएको ठोस भवनसँग तुलना गर्नुभयो र इस्लामका बाँकी विशेषताहरूलाई यस भवनका पूरक बताउ...
मुआज (रजियल्लाहु अन्हु) बाट उद्धृत गरिएको छ, वहाँले भन्नुहुन्छ: म रसूल (सल्लल्लाहु अलैहि वसल्लम)को पछाडि उफैर नामको गधा माथि सवार थिएँ । उहाँले भन्नुभ...
सही
मुत्तफकुन अलैहि

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा भक्तहरूमाथि अल्लाहको अधिकार र अल्लाहमाथि भक्तहरूको अधिकार के हो भनेर व्याख्या गर्नुभएको छ। भक्तहरूमाथि अल्...

नबी (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, सबै कार्यहरू नीयतमा निर्भर हुन्छन् । यो हुकुम सबै कर्म र मामिलाहरूको लागि लागु हुन्छ । जसले आफ्नो कर्मबाट केही लाभ प्राप्त गर्न चाहन्छ उसले त्यो लाभ मात्र पाउँछ, पुण्य पाउँदैन । यसको विपरित, जसले आफ्नो कर्मद्वारा अल्लाहको निकटता र प्रशन्नता प्राप्त गर्न चाहन्छ उसलाई उसको कर्मको प्रतिफल दिइन्छ, चाहे त्यो कार्य खाने र पिउने जस्तो साधारण कार्य नै किन नहोस् । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कार्यहरूमा नीयतको प्रभावलाई व्याख्या गर्न एउटा उदाहरण दिनुभयो, जसमा हामी देख्छौं, कार्यको बाहिरी रूप एउटै भए पनि परिणाम फरक हुन्छ । जसले अल्लाहको खुशी प्राप्त गर्न आफ्नो देश छोड्ने मनसाय राखेको छ, उसको प्रवास एक धार्मिक प्रवास हो र उसलाई उसको सही नियतको प्रतिफल दिइनेछ । तर जो व्यक्ति प्रवास गर्दा धन, पद, व्यापार र विवाह आदि जस्ता सांसारिक लाभलाई प्राप्त गर्ने उद्देश्य राख्छ, उसले प्राप्त गर्न चाहेको लाभ मात्र प्राप्त हुन्छ । पुण्य र भलाइ उसलाई प्राप्त हुँदैन ।
Hadeeth details

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले धर्ममा कुनै नयाँ कुरा आविष्कार गर्छ वा कुरआन र हदीसबाट प्रमाणित नभएको कुरा गर्छ भने त्यसलाई उसै तर्फ फर्काइनेछ र त्यो अल्लाहको नजरमा स्वीकार्य छैन ।
Hadeeth details

उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, जिब्रील (अलैहिस्सलाम) एक अपरिचित व्यक्तिको रूपमा सहाबा (पैगम्बरका साथी) हरू कहाँ आए । उनका केही विशेषताहरू यस प्रकार थियो: उनको लुगा अत्यन्त सुकिलो र सेतो थियो र कपाल धेरै कालो थियो । उनको शरीरमा थकान, धुलो छरिएको मैलो कपाल र फोहोर लुगा जस्ता यात्राको कुनै प्रभाव देखिएन । त्यहाँ उपस्थित कसैले पनि उनलाई चिन्न सकेनन् । त्यतिबेला सहाबा (पैगम्बरका साथी) हरू अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को छेउमा बसिरहेका थिए । उनी एक विद्यार्थी जस्तै उहाँको अगाडि बसे र त्यसपछि इस्लामको बारेमा प्रश्न गरे अनि उहाँले इस्लामको पाँच स्तम्भ; शहादह (दुवै गवाही), दैनिक पाँच सलाह (नमाज) को स्थापना, हकदार व्यक्तिहरूलाई जकात दिने, रमजान महिनाको रोजा राख्ने र सक्षम व्यक्तिले हज गर्ने जवाफ दिए। जवाफ सुनेपछि प्रश्नकर्ताले भने: तपाईंले सत्य बोल्नुभयो । यो देखेर सहाबा (पैगम्बरका साथी) हरू आश्चर्यचकित भए, उनले सोध्दा त्यसको जवाफ बारे अनभिज्ञ भए झैं सोध्दै थिए , तर जवाफ सुने पछी त्यसको जवाफ सहि भएको पुष्टि पनि गर्दै थिए । त्यसपछि उनले उहाँलाई ईमानको बारेमा सोधे, उहाँले ईमानका छ वटा निम्न स्तम्भहरूको बारेमा जवाफ दिनुभयो; अल्लाहको अस्तित्व र उहाँका गुणहरूमा विश्वास गर्नु, उहाँ सृष्टि लगायत हरेक कामहरूमा एक्लै हुनुहुन्छ र उहाँको मात्र उपासना गर्नु । अल्लाहले प्रकाशबाट सृष्टि गर्नुभएको फरिश्ता (स्वर्गदूत) हरू उहाँका आदरणीय सेवकहरू हुन्, जसले अल्लाहको अवज्ञा गर्दैनन् र उहाँका आदेशहरू पालना गर्छन् भनी विश्वास गर्नु । अल्लाहको तर्फ बाट पैगम्बरहरूका लागि पठाइएका आकाशीय ग्रन्थहरू जस्तै कुर्आन, तोराह र इन्जिल आदिमा आस्था राख्नु । त्यसैगरी सम्पूर्ण दूतहरूमा आस्था राख्नु, जस्तैः नूह, इब्राहीम (अब्राहाम), मोशा, येशू तथा अन्य दूतहरू र अन्तिम दूत मुहम्मद (सल्लल्लाहु अलैहि वा सल्लम) मा विश्वास राख्नु। अन्तिम दिनमा विश्वास गर्नु, जसमा मृत्यु पछि बर्जख (चिहान) को जीवनमा विश्वास, साथै मृत्युपछि मानिसहरुको पुनरुत्थान हुनेछ र तिनीहरुको लेखाजोखा हुनेछ र कर्म अनुसार वासस्थान; स्वर्ग वा नर्क को अस्तित्व रहेको कुरामा विश्वास गर्नु । अल्लाहले आफ्नो पूर्व ज्ञान र बुद्धि अनुसार सबै चीजहरू अघि नै लेख्नुभएको छ र पछि ती सबै चीजहरू उहाँको मनसाय र उहाँको भविष्यवाणी अनुसार हुन्छन् भन्ने तथ्यमा विश्वास राख्नु । त्यसपछि उनले एहसानको बारेमा सोधे, अनि उहाँले भन्नुभयो, एहसान भनेको अल्लाहलाई देखेको जस्तो गरी उपासना गर्नु, यदि यो ध्यान पुग्न सकिँदैन भने, अल्लाहले उसलाई हेर्दै हुनुहुन्छ सोचेर अल्लाहको उपासना गर्नु । यहाँ पहिलो स्थान दर्शन हो, जुन उच्च छ र दोस्रो स्थान मनमा ध्यान हो । त्यसपछि उनले कयामत कहिले आउँछ, सोधे ? अनि उहाँले जवाफमा भन्नुभयो, कयामतको ज्ञान ती चीजहरू मध्ये एक हो जसको ज्ञान अल्लाहले आँफुमा सुरक्षित राख्नुभएको छ । त्यसैले यसको बारेमा कसैलाई थाहा छैन । नत प्रश्न सोध्नेलाई, नत जवाफ दिनेलाई । त्यसपछि उनले कयामतका संकेतहरूका बारे सोधे, अनि उहाँले जवाफ दिनुभयो, दासी र तिनीहरूको गर्भबाट जन्मिने बच्चाहरू धेरै हुनेछन र धेरै छोराछोरीले आमाका अनाज्ञाकारी हुन्छन् र दास जस्तै व्यवहार गर्छन् । अर्को चिन्ह: अन्तिम दिनहरूमा बाख्रा चराउने गोठाला र भिखारीहरूलाई ठूलो मात्रामा सम्पत्ति दिइनेछ र तिनीहरूले एकअर्कासगँ आफ्ना सुन्दर र अग्ला भवनहरूको बारेमा घमण्ड गर्नेछन् । अन्तमा, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, प्रश्न सोध्ने व्यक्ति जिबरील थिए, जो सहाबाहरूलाई इस्लाम सिकाउन आएका थिए ।
Hadeeth details

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले इस्लाम धर्मलाई पाँच स्तम्भहरूमा खडा भएको ठोस भवनसँग तुलना गर्नुभयो र इस्लामका बाँकी विशेषताहरूलाई यस भवनका पूरक बताउनु भयो । यी पाँच स्तम्भहरू मध्ये पहिलो स्तम्भ: शहादतान (दुबै गवाही); अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद ईश्वरका दूत हुनुहुन्छ भन्ने गवाही दिनु ; यी दुबै गवाहीहरू एउटै स्तम्भ हुन्, जुन एकअर्काबाट कहिले अलग हुनसक्दैन । भक्तले अल्लाह एक हुनुहुन्छ र उहाँ मात्र उपासना योग्य हुनुहुन्छ स्वीकार गर्दै आफ्नै जिब्रोले भन्नुपर्छ र यसको आशा अभिलाषालाई पुरा गर्नुपर्छ । त्यसैगरी पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) मा आस्था राख्दै उहाँको अनुसरण गर्नुपर्छ । दोस्रो स्तम्भ : सलाह (नमाज) स्थापना गर्नु, दिन रातमा पाँच फर्ज नमाजहरूलाई तिनीहरूको सर्त, स्तम्भ र अनिवार्य कार्यहरूका साथ पढ्नु पर्छ । फजर, जुहर, अस्र, मगरिब र ईशा अनिवार्य सलाहहरू हुन् । तेस्रो स्तम्भ : जकात दिनु, वास्तवमा जकात एक आर्थिक उपासना हो, शरीयतले तोकेको धनसम्पत्तिमा एक निश्चित मात्रामा निकालेर हकदार मानिसहरूलाई दिइन्छ । चौथो स्तम्भ : हज गर्नु, अल्लाहको उपासनाको लागि केही विशेष कार्यहरू गर्न मक्का जाने नाम हो । पाँचौं स्तम्भ : रमजान महिनामा उपवास बस्नु हो । उपवास भनेको अल्लाहको उपासना गर्ने मनसायले बिहान फजर देखि सूर्यास्तसम्म उपवास तोड्ने खानेकुरा, पेय पदार्थ र अन्य चीजहरूबाट अलग रहनुको नाम हो ।
Hadeeth details

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा भक्तहरूमाथि अल्लाहको अधिकार र अल्लाहमाथि भक्तहरूको अधिकार के हो भनेर व्याख्या गर्नुभएको छ। भक्तहरूमाथि अल्लाहको अधिकार भनेको केवल एक अल्लाहको उपासना गर्नु र उहाँसँग अरू कसैलाई साझेदार नबनाउनु हो। अल्लाहमाथि भक्तहरूको अधिकार यो हो कि एकेश्वरवादी भक्तहरू लाई; जसले उहाँसँग कसैलाई साझेदार बनाएनन्, दण्ड नदिनु हो । पछि मुआजले भने: हे अल्लाहका रसूल! के म मानिसहरूलाई यसको शुभ समाचार नदिउँ ? ताकि उनीहरु यो अनुग्रह थाहा पाएर रमाऊन् र हर्षित होउन् ? तर मानिसहरू यसैमा निर्भर हुनेछन् भन्ने डरले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई त्यसो गर्न मनाही गर्नुभयो।
Hadeeth details

मुआज बिन जबल (रजियल्लाहु अन्हु) नबी (सल्लल्लाहु अलैहि वसल्लम) को पछाडि सवारीमा सवार थिए । उहाँले हे मुआज! भनेर तीन पटक आवाज दिनुभयो । तीन पटक सम्बोधन गर्नुको उद्देश्य भनेको उहाँले भन्न लाग्नुभएको कुराको महत्त्व स्पष्ट पार्नु थियो । त्यसैले मुआजले हरेक पटक जवाफ दिए: हे अल्लाहको रसूल! म तपाईंको हरेक आवाजको जवाफ दिनेछु र यसलाई म आफ्नो लागि गौरवको कुरा मान्छु । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई बताउनुभयो, जसले अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुन् भनी साँचो हृदयले गवाही दिन्छ अनि त्यही अवस्थामा मर्छ, अल्लाहले उसको लागि नर्क निषेध गर्नुहुनेछ । यो सुनेपछि, मुआज (रजियल्लाहु अन्हु) ले मानिसहरूलाई यो हदीस सुनाउन उहाँसंग अनुमति मागे, ताकि मानिसहरूमा खुशीको लहर फैलियोस् । तर अरूहरूले यसैमा भर पर्छन् र सत्कर्म गर्नमा पछाडि हुन्छन् भन्ने डरले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मनाही गर्नुभयो । त्यसैले मुआज (रजिअल्लाहु अनहु)ले यो हदीस कसैलाई सुनाएनन् । तर, ज्ञान लुकाउने पापमा फस्ने डरले उनले मृत्युअघि यो हदीस सार्वजनिक गरे ।
Hadeeth details

रसूल (सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छ, जसले आफ्नो जिब्रोले 'ला इलाह इल्लल्लाह' (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) भनी गवाही दिन्छ र अल्लाह बाहेक पूजा गर्ने सबैलाई अस्वीकार गर्दछ र इस्लाम बाहेक सबै धर्महरूबाट आफ्नो असंलग्नता देखाउँदछ, उसको धन र रगत (ज्यान) मुस्लिमहरूका लागि हराम भयो, किनभने हामी उसको बाह्य हाल मात्र देख्नेछौं । त्यसकारण उसको सम्पत्ति खोस्न सकिँदैन र रगत बगाउन सकिँदैन । हो! यदि उसले कुनै पाप वा अपराध गर्छ, जसको कारणले उसको रगत वा सम्पत्ति इस्लामको प्रावधान अनुसार हलाल हुन्छ भने त्यो फरक कुरा हो । यस्तो अवस्थामा अल्लाहले न्यायको दिन उसको हिसाब लिनुहुनेछ । यदि ऊ इमान्दार र सच्चा थियो भने उहाँले उसलाई पुरस्कृत गर्नुहुनेछ र यदि ऊ कपटी र झुटो थियो भने, उहाँले उसलाई दण्ड दिनुहुनेछ ।
Hadeeth details

एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई ती दुइ कर्महरूको बारेमा सोधे, जसलाइ गरेर एकजनाले निश्चित रुपमा स्वर्गमा प्रवेश पाउँछ भने अर्कोले निश्चित रुपमा नर्कको बास ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो: एकेश्वरवादी भइ एक मात्र अल्लाहको उपासना गर्ने र उहाँसँग अरू कसैलाई साझेदार नबनाउने अवस्थामा मृत्यु हुँदा मानिस निश्चित रुपमा स्वर्गमा प्रवेश गर्ने छ । र जुन कर्मले गर्दा मानिस निश्चित रुपमा नर्कमा जानेछ, त्यो यो हो कि शिर्क मा लिप्त हुने अवस्थामा मानिसको मृत्यु होस , अर्थात अल्लाहको प्रभुत्व वा ईश्वरत्व मा वा उहाँको नाम र विशेषताहरूमा अरुलाई उहाँको समान र तुल्य मानेको अवस्थामा मानिसको मृत्यु होस।
Hadeeth details

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले अल्लाह बाहेक अरूको लागि कुनै काम गर्दछ, जुन अल्लाहको लागि मात्र गर्नुपर्छ, जस्तै अल्लाह बाहेक अरूसित दुआ माग्नु वा समस्याको समयमा अरू कसैलाई पुकार्नु इत्यादि र यसै अवस्थामा संसार छोड्छ भने ऊ नरकमा जानेछ । अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले थप भनेका छन्, जो व्यक्ति अल्लाहसँग कसैलाई साझेदार नगरेको अवस्थामा मर्यो भने ऊ स्वर्गमा प्रवेश गर्नेछ ।
Hadeeth details

जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मुआज बिन जबल (रजियल्लाहु अन्हु) लाई इस्लामको प्रचारक र शिक्षकको रूपमा यमनतर्फ पठाउनुभयो, तब उहाँले भन्नुभयो, तिमीलाई ईसाई समुदायको सामना गर्नुपर्नेछ, त्यसैले तयार हुनुपर्छ र इस्लाम तर्फ बोलाउँदा क्रमशः बढी महत्त्वपूर्ण कुराहरूतर्फ बोलाउनु पर्छ भनि बताउनु भयो । तसर्थ, सबैभन्दा पहिले अकीदा (आस्था) को सुधारको लागि आह्वान गर्नु पर्नेछ, अर्थात्, अल्लाह बाहेक कोही सत्य ईश्वर छैनन् र मुहम्मद अल्लाहका रसूल (ईशदूत) हुनुहुन्छ भन्ने वचन तर्फ बोलाउनुपर्छ । किनकि यस गवाही मार्फत तिनीहरू इस्लामको दायरामा प्रवेश गर्नेछन् । त्यसपछि तिनीहरूलाई नमाज पढ्न आदेश दिनु पर्नेछ, किनभने तौहीद पछि सबैभन्दा ठूलो कर्तव्य सलाह (नमाज) कायम गर्नु नै हो । यदि तिनीहरूले सलाह पढ्न् थाल्छन् भने तिनीहरूका धनीहरूबाट जकात (अनिवार्य दान) लिएर तिनीहरूका गरिबहरूमा वितरण गर्न आदेश दिनु पर्नेछ ।(र नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले) त्यस पछि, तिनीहरूको उत्तम धन जकातको रूपमा नलिन चेतावनी दिनुभयो । किनकि (जकातमा) मध्यम प्रकारको धन मात्र लिनु अनिवार्य छ । त्यसपछि उनीहरूमाथि अन्याय नगर्न वसीयत (निर्देशन) गर्नुभयो; ताकि पीडितहरूको श्रापको सामना गर्न नपरोस् । किनभने उत्पीडितहरूको गुनासो (प्रार्थना) स्वीकार हुन्छ ।
Hadeeth details

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ, न्यायको दिन, उहाँको सिफारिसको हकदार त्यो व्यक्ति हुनेछ जसले आफ्नो हृदयबाट इमान्दारीपूर्वक "ला इला-ह इल्लाल्लाह" को गवाही दिन्छ, अर्थात अल्लाह बाहेक कोही सत्य पूज्य छैन र ऊ शिर्क (बहुदेववाद) र रिया (देखावटी भक्ति) जस्ता कुराहरूबाट सुरक्षित हुन्छ ।
Hadeeth details

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, ईमान (आस्था) का धेरै शाखाहरू छन्, जसमा कर्म, विश्वास र भनाइहरू छन् । आस्थाको सर्वोच्च र उत्कृष्ट शाखा "ला इलाहा इल्लाह अल्लाह" भन्नु हो । यसको अर्थ र अभिलाषालाई जान्नुपर्छ र यसलाई कार्यन्वयन गर्नपर्छ । अर्थात्, केवल अल्लाह मात्र उपासना योग्य हुनुहुन्छ र उहाँ बाहेक कोही उपासना योग्य छैन । ईमानको सबैभन्दा तल्लो कार्य भनेको मानिसहरूलाई दुःख दिने सबै कुरालाई बाटोबाट हटाउनु हो । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : हया (लाज) पनि ईमानको एक शाखा हो । वास्तवमा, हया एक मनोवृत्ति हो, जसले राम्रो कर्म गर्न र खराब कर्मबाट टाढा रहन प्रेरित गर्छ ।
Hadeeth details