उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "मेरो प्रशंसा गर्नमा बढाइचढाइ नगर, जसरी ईसाईहरूले मरियमको छोराको प्रशंसामा बढाइचढाइ गरेका थिए; म केवल अल्लाहको दास हुँ । त्यसैले मलाई अल्लाहको दास र उहाँको रसूल (दूत) भन ।"
सही
बुखारीले वर्णन गरेका छन्
अब्दुल्लाह बिन मस्ऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "स्वर्ग तिम्रो जुत्ताको फित्ता भन्दा पनि नजिक छ र नर्क पनि ।"
सही
बुखारीले वर्णन गरेका छन्
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जब तिमीहरूमध्ये कसैले खाना खान्छ भने दायाँ हातले खानुपर्छ, र जब पिउँछ भने दायाँ हातले पिउनुपर्छ। किनकि शैतानले आफ्नो बायाँ हातले खान्छ र पिउँछ।"
सही
मुस्लिमले वर्णन गरेका छन्
आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्: नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक समय र परिस्थितिमा अल्लाहलाई याद(स्मरण) गर्नुहुन्थ्यो ।
सही
मुस्लिमले वर्णन गरेका छन्
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : रसूल अल्लाह (सल्लल्लाहु अलैहि व सल्लम) ले भने : "रोग संक्रामक हुँदैन, न त अपशगुनमा विश्वास गर्नुपर्छ, तर मलाई शुभसंकेत मन पर्छ।" साहबाहरूले सोधे : "शुभसंकेत भनेको के हो?" उहाँले भन्नुभयो : "मिठो शब्द।"