जसले 'ला इलाह इल्लल्लाह' (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) को गवाही दिन्छ र अल्लाह बाहेक सबैको पूजा अस्वीकार गर्छ, उसको धन र रगत सुरक्षित हुनेछ र उसको हिसाब अल्लाहसँग हुनेछ ।...
तारिक बिन अशयम अल-अशजई (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "जसले 'ला इलाह इल्लल्लाह' (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) को गवाही दिन्छ र अल्लाह बाहेक सबैको पूजा अस्वीकार गर्छ, उसको धन र रगत सुरक्षित हुनेछ र उसको हिसाब अल्लाहसँग हुनेछ ।"
सही
मुस्लिमले वर्णन गरेका छन्
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छ, जसले आफ्नो जिब्रोले 'ला इलाह इल्लल्लाह' (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) भनी गवाही दिन्छ र अल्लाह बाहेक पूजा गर्ने सबैलाई अस्वीकार गर्दछ र इस्लाम बाहेक सबै धर्महरूबाट आफ्नो असंलग्नता देखाउँदछ, उसको धन र रगत (ज्यान) मुस्लिमहरूका लागि हराम भयो, किनभने हामी उसको बाह्य हाल मात्र देख्नेछौं । त्यसकारण उसको सम्पत्ति खोस्न सकिँदैन र रगत बगाउन सकिँदैन । हो! यदि उसले कुनै पाप वा अपराध गर्छ, जसको कारणले उसको रगत वा सम्पत्ति इस्लामको प्रावधान अनुसार हलाल हुन्छ भने त्यो फरक कुरा हो ।
यस्तो अवस्थामा अल्लाहले न्यायको दिन उसको हिसाब लिनुहुनेछ । यदि ऊ इमान्दार र सच्चा थियो भने उहाँले उसलाई पुरस्कृत गर्नुहुनेछ र यदि ऊ कपटी र झुटो थियो भने, उहाँले उसलाई दण्ड दिनुहुनेछ ।
Hadeeth benefits
जिब्रोले "ला इलाह इल्लल्लाह" भन्नु र अल्लाह बाहेकका सबै लाई इन्कार गर्नु इस्लाममा प्रवेश गर्ने शर्त हो ।
ला इलाह इल्लल्लाहको अर्थ : अल्लाह बाहेक पूजा गरिने सबैलाई अस्वीकार गर्नु हो, जस्तै मूर्तिहरू, चिहानहरू र केवल एक अल्लाहको उपासना गर्नु ।
जसले तौहीद (एकेश्वरवाद) लाई स्वीकार गर्छ र इस्लामका विधिविधान र आदेशहरूलाई बाहिरी रूपमा पालन गर्छ, उसको विपरीत केही प्रमाणित नभएसम्म उसको मामिलामा (उ विपरीत कुनै कार्य नगरी) धैर्य रहनुपर्छ ।
मुस्लिमको जीवन, सम्पत्ति, इज्जत र प्रतिष्ठामा अन्यायपूर्ण हस्तक्षेप गर्न निषेध गरिएको छ ।
यस संसारमा बाहिरी रूप अनुसार र परलोकमा नियत र उद्देश्य अनुसार निर्णय लिइनेछ ।
Share
Use the QR code to easily share the message of Islam with others