जो अल्लाह बाहेक अरूको उपासना गरेको अवस्थामा मर्छ, ऊ नरकमा जानेछ
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा कुरा भन्नुभयो र मैले अर्को भनें । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " जो अल्लाह बाहेक अरूको उपासना गरेको अवस्थामा मर्छ, ऊ नरकमा जानेछ ।" मैले भनेँ: जो व्यक्ति अल्लाहसँग कसैलाई साझेदार नगरेको अवस्थामा मर्यो भने ऊ स्वर्गमा प्रवेश गर्नेछ ।
सही
मुत्तफकुन अलैहि
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले अल्लाह बाहेक अरूको लागि कुनै काम गर्दछ, जुन अल्लाहको लागि मात्र गर्नुपर्छ, जस्तै अल्लाह बाहेक अरूसित दुआ माग्नु वा समस्याको समयमा अरू कसैलाई पुकार्नु इत्यादि र यसै अवस्थामा संसार छोड्छ भने ऊ नरकमा जानेछ । अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले थप भनेका छन्, जो व्यक्ति अल्लाहसँग कसैलाई साझेदार नगरेको अवस्थामा मर्यो भने ऊ स्वर्गमा प्रवेश गर्नेछ ।
Hadeeth benefits
दुआ (प्रार्थना) उपासना हो । अल्लाह बाहेक अरू कसैसँग दुआ गर्न अनुमति छैन ।
तौहीद (एकेश्वरवाद) को सद्गुण र जो एकेश्वरवाद पालन गर्दै मर्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ । तर केही अपराधका आधारमा उनलाई केही सजाय हुने सम्भावना पनि छ ।
शिर्क (बहुदेववाद) को खतरा र बहुदेववाद गर्दै मर्ने व्यक्ति नरकमा जान्छ ।
Share
Use the QR code to easily share the message of Islam with others