मुख्यपृष्ठ जसले हाम्रो यो धर्ममा कुनै नयाँ कुरा आविष्कार गर्छ, जुन हाम्रो धर्ममा छैन, त्यो स्वीकार्य हुँदैन...

जसले हाम्रो यो धर्ममा कुनै नयाँ कुरा आविष्कार गर्छ, जुन हाम्रो धर्ममा छैन, त्यो स्वीकार्य हुँदैन...

आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले हाम्रो यो धर्ममा कुनै नयाँ कुरा आविष्कार गर्छ, जुन हाम्रो धर्ममा छैन, त्यो स्वीकार्य हुँदैन।" (बुखरी र मुस्लिम) मुस्लिममा अर्को हदीस छ: "जसले कुनै यस्तो काम गर्छ, जुन हाम्रो तरिका अनुसार छैन, त्यो स्वीकार्य छैन ।"
सही
मुत्तफकुन अलैहि
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले धर्ममा कुनै नयाँ कुरा आविष्कार गर्छ वा कुरआन र हदीसबाट प्रमाणित नभएको कुरा गर्छ भने त्यसलाई उसै तर्फ फर्काइनेछ र त्यो अल्लाहको नजरमा स्वीकार्य छैन ।
Hadeeth benefits
  1. ईबादत (उपासना) को आधार कुरान र हदीस हो । तसर्थ, हामी कुरान र हदीसमा उल्लेख गरिएको तरिका अनुसार अल्लाहको उपासना गर्नेछौं ।
  2. तसर्थ, नयाँ उपासना वा उपासनाका नयाँ रूपहरूबाट सधैं टाढा रहनुहोस् ।
  3. धर्म - विचार र राम्रा भावनामा आधारित हैन । यो त रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अनुसरणमा आधारित छ ।
  4. यो हदीस धर्मको पूर्णताको प्रमाण हो ।
  5. बिदअत भनेको त्यो प्रत्येक आस्था, कथन वा कार्य हो जुन धर्मको एक भागको रूपमा आविष्कार गरिएको हो र यो रसूल (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका साथीहरूको समयमा अवस्थित थिएन ।
  6. यस हदीसले इस्लामको आधारहरुमध्ये एक महत्वपूर्ण सिद्धान्त र इबादतको लागि यो एक मापदण्ड प्रस्तुत गर्दछ । जसरी कुनै कार्यमा इख्लास (अल्लाहको प्रसन्नता) छैन भने गर्ने व्यक्तिले त्यसको कुनै प्रतिफल पाउँदैन, त्यसैगरी यदि इबादत रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को तरिका अनुसार छैन भने गर्ने व्यक्ति तर्फ फर्काइनेछ ।
  7. धर्मसँग सम्बन्धित नयाँ चीजहरू आविष्कार गर्न मात्र निषेध गरिएको छ, संसारसँग सम्बन्धित कुरा होइन ।